Expert Opinions on various contemporary labour migration issues.
THOUGHT OF THE DAY
यस्तो अवस्था छ र ?!
निरज गौतम
मैले केही समय अघि एउटा सामाजिक सञ्जालमा सम्प्रेषण भएको भावना पढें । त्यसमा लेखिएको थियो,
“REGARDLESS SOCIETY:
हिजोआज नेपाली समाज र समाजका अधिकांश व्यक्तिले जतिसुकै राम्रा काम गरेता पनि सामान्य सदाचारजन्य ‘धन्यबाद’ भन्ने हिम्मत समेत गर्दैन ! व्यक्ति र समाज अन्धो र विवेक शुन्य भईसक्यो ! आखिर किन र के का लागि ? सायद हाम्रो समाज विघटनको संघारमा छ !! स्थानीय नेपाली व्यक्तिले समाज कल्याण हेतु तथा समग्र राष्ट्र कै हितका लागि निःस्वार्थ रुपले भनेको राम्रा विचार र योजना समेत सामान्यतया मान्य हुँदैन । किनकि स्वदेशमा रहेकाहरुको हकमा त उ कुनै दल वा दलालको झोले मात्र हो र विदेशीएकाहरुको हकमा समेत उ गैर नेपालीहरु; भारतीय, बंगाली, पाकिस्तानी, युरोपेली वा अमेरिकी सुपरभाईजर वा म्यानेजर ले भनेको मात्र मान्न तयार हुन्छन् । देश भित्र रहेकाको त कुरै नगरौं; भन्न, सुन्न र मान्न समेत उसैको पार्टीभित्रको मान्छे चाहिन्छ !! हैट !!!”
यी पंक्तिहरुले मलाई सोच्न बाध्य तुल्यायो । के हामी साँच्चै नै समाज बिघटनको द्रष्टा हुन अभिसप्त भएका हौं त ? म गम्दै गएँ र आफूले पढेको नेपाली ईतिहाँसका आधारमा विष्लेशण गर्दा यस्तो निष्कर्षमा पुगें ।
बेलायतीहरुले हामीलाई उपनिवेश त बनाएनन् तर दास चाहीँ बनाए । यो हाम्रो २२० वर्षे दास मानसिकताको कथा हो । १८१६ मा सुगौली सन्धि पछी, नेपालीहरु ब्रिटिस ईष्ट ईण्डियाको सेनामा काम गर्न थाले । गाउँघरको अलि गठिलो यूवाहरु बेलायति सेनामा ‘लाहुरे’ भएर जाने प्रचलन शुरु भयो । परिणामतः समाजको तल्लो बर्गको मानिस विदेशिने क्रम शुरु भयो । यो विशुध्द श्रम प्रवासन थिएन, ‘मिसिनरी’ थियो ।
अर्को तर्फ, समाजमा ‘फलानोको छोरा त बेलायती सेनाको लाहुरे’ भनेर केही नाम र ईज्जत हुन थाल्यो । साथै, आम्दानी पनि त्यतिबेलाको हिसाबमा राम्रै भयो । फलस्वरुप, ‘लाहुरे’ हुनु आर्थिक सामाजिक रुपमा तल्लो मानिएका वर्गकालागि हैसियतको मापन गर्ने र अझ आर्थिक अवस्था सुदृण गर्ने माध्यम बन्यो । अनी बिस्तारै आम जनमानसमा ‘लाहुरे’ हुन जानु पर्छ भन्ने गहिरो प्रभाव थपिँदै गयो । शारीरिक तथा दरवन्दीको सिमितताका कारण सबै ईच्छुक यूवाहरु बेलायति सेनामा भर्ति हुन त सकेनन् तर जो सकेनन् ति, हाल खाडी तथा मलेशिया गन्तव्य बनाएरै भएपनि विदेशिने चलन जस्तै, अन्य काम नै भएपनि गर्न भनेर भारतमा श्रम गर्ने उद्देश्यले पलायन भए । उनीहरुको दोस पनि होईन, ‘सबभन्दा बलिया र राम्राहरु बाहिर जान्छन्’ भन्ने समाजिक मान्यता नै स्थापित भएपछी सामाजिक दवाव र प्रभावका कारण उनीहरु विकल्पका रुपमा विदेशिएका हुन् ।
राष्ट्रको कल्याणको लागि समाजका तल्लो वर्गलाई कहिल्यै पनि जस दिईएन । उनीहरु २०० वर्षभन्दा अघि देखि सामाजिक प्रतिष्ठा र अर्थोपार्जनको लागि वैदेशिक रोजगारीमा गईरहेका छन् । अभिजात उच्च वर्गले चाहेकै पनि यस्तो नै थियो, यो आम्दानीको श्रोत त थियो नै बेलायतीहरुलाई रिझाउने एउटा माध्यम समेत थियो । शिक्षाको कमी भएको ठाउँमा तल्लो वर्गले वैदेशिक रोजगारीलाई यस्तो महत्व दिईरहेको सन्दर्भमा, समाजले नै २०० वर्ष भन्दा बढी समय देखि यूवाहरुलाई विदेशिन प्रेरित गरीरहेको कुरा विर्सन मिल्दैन ।
अब उच्च वर्गको कुरा गरौं । अभिजात वर्ग जहिले पनि देश भन्दा आफ्नो हैसियतमा केन्द्रित रहँदै आएको पाईन्छ । नेपाल पनि अपवाद हुन सकेन, बेलायतले कुनै अवशरमा कसैलाई ‘राम्रो’ भनेर केही मान दियो भने त ‘विशिष्ट’ भई हाल्ने अवस्था थियो । तात्कालिन श्री ३ महाराजलाई विश्वविजयी बेलायतकी महारानीले राजकिय भ्रमणमा निम्ता गर्नु अन्तरराष्ट्रिय प्रतिष्ठाको कुरा बन्यो । यसले अन्य अभिजात वर्गलाई पनि विशेष प्रतिष्ठा हासिल गर्न र बेलायतको भरथेग पाई आफ्नो विरुध्द हुन सक्ने विप्लव रोक्ने यत्नका साथ बेलायतलाई रिझाउन प्रेरित गर्यो । यस्तो मानसिकता ले अभिजात वर्ग सदा नै बेलायतको चाकर हुन गए । अझ, तात्कालिन समयमा मुगल तथा अन्य भारतिय रजौटाहरुमाथी बिजय प्राप्त गर्ने, औद्योगिक रुपमा परिष्कृत, बेलायतिहरुको अनुकरण गर्नु स्वभाविक थियो । माथिल्लो वर्ग यसरी २०० वर्षदेखि दास मानसिकतामा उद्यत छ । तथापी, भारतमा बेलायती शासन व्यवस्थाको अन्त्य पछी, नेपालमा शाह राजवंशिय शासन रहँदा, यो विचार प्रकृया क्रमशः टुट्दै जान थाल्यो । तर, राजनैतिक रुपमा अधीनस्थ नभए पनि स्वीस, अमेरीकी, बेलायति लगायत अन्य युरोपेली मुलुकलाई रिझाउनु पर्छ, विकास निर्माणमा भारत – चीनसँग आशा राख्न सकिन्छ, भन्ने मानसिकताले अभिजात वर्ग सधैं दास मनोवृत्तीमा नै हुर्कँदै गयो ।
अब मध्यम वर्गको कुरा गरौं । मध्यम वर्ग प्रायः शिक्षित वर्गका रुपमा विकशित हुँदै गयो । सदियौँ देखि शासकहरुको चाकडी गरेर जिविकोपर्जन गर्दै आएको यो वर्ग, स्वभावतः राजकाज र अड्डामा संलग्न हुने भइहाल्यो । उनीहरुको लागि वैदेशिक रोजगारी वा वैदेशिक शक्तिको अनुग्रह प्राप्ति प्राथमिकतामा परेन । राष्ट्रप्रेम वा राष्ट्रभक्तिले नभई स्वभाविक बाध्यताका कारण उनीहरुको आनुगत्य (वफादारी) यो राष्ट्रको लागि थियो । उनीहरुको देश छोड्ने उत्प्रेरणा थिएन, सीपमूलक श्रम प्रवासनका लागि पश्चिमी मुलुकमा अवशरहरु सिर्जना भएका थिएनन्, ‘लाहुरे’ हुनको लागि उनीहरु शारिरिक तथा मानशिक रुपमा तयार थिएनन्, भारत गएर अन्य निकृष्ट काम गर्न समाजमा प्रतिष्ठाको विषय बन्ने डर थियो । त्यसैले उनीहरु ‘लौ एतै बसौं शाह/राणाको पछी लागौं’ भन्ने आशयका साथ नेपालमा नै रहे ।
यीनीहरुको दास प्रवृत्ती २००७ सालमा अलिकति खस्कियो, २०४६ सालमा अझ अरु खस्कियो तथापी यी सधैं चाकडबाज भने रही नै रहे । विदेशिनको लागि उत्प्रेरणा कमजोर भएर मात्र हो नत्र यी पनि उहिले नै लर्को लागेर देश छोड्थे । संयोग, १९७६ मा अमेरीकी अध्यागमन व्यवस्थामा गरिएको सुधारका कारण केही नगण्य व्यक्तिहरु प्रवासिन पुगे । यद्यपी, उनीहरुको प्रवासन दिर्घकालिन भने थिएन ति छोटो समयको बसाई पछी स्वदेश नै फर्कन्थे । १९९० मा अमेरीकी अध्यागमन विभागले आप्रवासीहरुका लागि ‘डिभी कार्यक्रम’ शुरु गरेपछी भने केही बढी नेपाली मध्यम तथा शिक्षित वर्गलाई विदेश गएर बसोबास तथा रोजगारीका अवशर पाउन सकिन्छ भन्ने आभाष भयो । ‘भारत गएर काम गर्न पो लाज, अमेरीका – बेलायत त राजा-महाराजाहरु पढ्न जान्छन्, हामी जानु त हैसियतको मानक हो’ भन्ने भाष्य क्रमशः स्थापित भयो, अनी पश्चिम देशतिरको प्रवासनको बाँध खुल्यो । १९९० मा देशमा पञ्चायती शासनको अन्त्य भई व्यवस्थामा परिवर्तन आयो । यस सँगै मध्यम/शिक्षित वर्ग विदेशिने क्रममा पनि तिब्रता आयो ।
यही बिचमा ईन्टरनेटले सूचनामा सर्वसाधारणको पहुँचलाई धेरै सहज बनाईदियो, विदेशिने भारतिय र नेपालीको संख्यामा बृध्दी हुन थाल्यो, विदेशी जिवन पनि सहज हुँदै गयो । भनिन्छ, १९९० तिर सिकागो क्षेत्रमा चामल किन्नको लागि एउटा मात्र पसल थियो, अहिले मेरो घरको १० माईलको परिधि वरपर मात्र १०० वटा जति पसल होलान् । विदेशीहरु पनि अन्य विदेशी मूलका नागरिकहरुलाईहरुलाई समाजमा स्विकार गर्न सक्ने हुँदै गए, फलस्वरूप प्रवासी जिवन सहज बन्दै गयो र नेपाली मध्यम वर्ग झन् झन् बाहिरिन थाल्यो । दशक लामो माओवादी विद्रोहका कारण स्वदेशमा जिवनयापन जटिल बन्दै गएको परिप्रेक्ष्यमा आम मानिसलाई विदेशिन झन् प्रेरित गर्यो । फलस्वरुप, राजनैतिक तथा वौध्दिक पलायनको भाष्य निर्माण भयो र प्रवासन अहिलेको अवस्थामा आईपुगेको छ ।
यसरी, देशमा व्याप्त शासकिय र व्यवस्थापकिय कमी कमजोरी र २०० वर्ष बढी देखि समाजमा जरोकिलो गाडेको दास मनोवृत्तिको उपज स्वरुप विकसित भाष्य र सामाजिक संरचनामा रातारात परिवर्तन त सम्भव हुँदैन नै । यी सब भावको सार, म पनि त्यही दास मनोवृत्तिको उपज हुँ, प्रवासी नेपाली । २२ वर्ष नेपाल बस्दा, त्यसबेलाको मेरो बौध्दिक स्तरले देशभक्तिको लागि नेपालमा नै बस्नु पर्छ भन्ने तर्फ डोहोर्याएन । अहिले जब केही देश-दुनियाँ देखियो, अमेरीकी जिवनशैली अँगालियो, केही धन-प्रतिष्ठ कमाईयो, अब फर्केर देशमा केही गरे त हुने हो नि भन्ने मनशाय हुन्छ कहिलेकाहीं, तर मलाई थाहा छ सकिन्न । धेरै बाध्यताहरु र केही सिमितताहरुका कारण । यद्यपी, मलाई थाहा छ सबैले सहजै म दास मनोवृत्तिले गर्दा प्रवासी भएको हो भन्न सक्दैनन् । बरु धेरैले नेपालमा गरिखान बातावरण नभएको र नेपालीहरुले बसिटिक्न नदिएको भएर चाहिँ हामी प्रवासी हुन परेको भन्छन् । ‘नेता र कर्मचारीले देश बिगारे’, ‘नेपालीले नेपाल बिगारे, त्यसैले म जस्तो होनहार नेपाली प्रवासी हुन पर्यो’ भनी आफुलाई ढाँट्ने मानिसहरुबाट के नै अपेक्षा राख्न सकिन्छ र ? उनीहरुले त देशको अर्थतन्त्र विश्व प्रतिस्पर्धामा आउन सक्ने भएर औसत नागरिकको आय र जिवस्तर उकासिए पनि नेपाललाई राम्रो भन्ने छैनन् ।
गौतम नेपाली मूलका अमेरिकी नगरिक हुन् । उनी हाल अमेरीकाको सिकागो सहरमा बसोबास गर्दछन् ।
18 December 2024 (International Migrants Day)
Opinion Series
Opinion Series are a collection of expert opinions on the status of migration produced by LAPSOJ – Law and Policy Forum for Social Justice. The series includes various experts talking about the burning issues.
Opinion Series Volume 1
Dr. Raghuraj Kafle (Vice chairperson, Gandaki Province Policy and planning commission), Dr. Ganesh Gurung (Senior Labour migration expert and Former member of the National Planning Commission), Dr. Jeevan Baniya (Assistant Director, Center for Study of Labour and Mobility CESLAM), Rameshwar Nepal (South Asia Director Equidem Research), Dr. Dinesh Poudel (Member of Bagmati Province Development Council), Sandhya Sitaula & Neha Chaudhary (National Project Coordinators at ILO Nepal), Dr. Rishav Koirala (Senior Psychiatrist), Barun Ghimire Human Rights Lawyer and Program Manager at LAPSOJ) and Anurag Devkota (Human Rights lawyer)
Opinion Series Volume 2
In this series: Laxman Bahadur Basnet, Binod Shrestha, Kamal Thapa Chhetri, Ashmita Sapkota, Ashok Rana, Uttam Adhikari, Rajan Prasad Shrestha, Hom Karki, Sita Lama and Binda Pandey have expressed their opinion.
NILAMBAR BADAL
On the vulnerabilities of Migrants at International Dialogue on Migration 2017, UN Headquarters, Geneva.
Published in Deshparadesh
Deshparadesh, the dedicated labour and employment web-paper, publishes the news, views and updates on the migration sector.
On Pandemic and migrant workers issues
On ‘Free Visa Free Ticket’ policy of the Government of Nepal
On the domestic workers in the Gulf states
On the trend of labour migration
ANURAG DEVKOTA
REJIMON KUTTAPPAN